नियम २९
आचार संहिता लागू गर्न सक्ने

(१) मन्त्रालयले इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायी, रिभर गाइड तथा पर्यटकले जलयात्राको सिलसिलामा पालन गर्नु पर्ने आचार संहिता
बनाई लागू गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लागू गरेको आचार संहिता पालना गर्नु सम्बन्धित इजाजत प्राप्त जलयात्रा व्यवसायी, रिभर गाइड तथा पर्यटकको कर्तव्य हुनेछ ।